|

प्यूठान : डोजर लिएर बस्ती मुनीबाट बाटो बन्न आएका थिए। हामी रोयौँ करायौँ तर कुरा कसैले सुनेन्। कुरा २०७२ हो पूर्व गाविस अध्यक्षको आश्वासनपश्चात बाटो खन्न दिएको स्थानीय ५८ वर्षीय मोहन गन्धर्वले बताए।

आश्वासनको आधारमा प्यूठान नगरपालिका ३ विजय नगर कुवापानीका गन्धर्व परिवार पहिरोको सन्त्रास मै बर्षा सकिन लागेको दुखेसो पोख्छन्। पहिरोको उच्च जोखिमका कारण विगतका वर्षदेखि नै सन्त्रासमा जीवनयापन गर्दै आएका यसवर्षको वर्षायाममा आएको पहिरोले बस्ती धरापमा पर्दा पनि सुरक्षित आवास नहुँदा समस्यामा परेको बताउछन्।‘

'जब मोटरबाटो बन्यो तब पहिरो झर्न सुरु भयो वर्षातको समय पानी परेको बेला मुटु नै काप्छ’ मोहन गन्दर्भले भने, ‘केही महिना आफन्तको घरमा आश्रय लिन पुग्यौ घाम लाग्दा मात्रै घर आउने गरेका छौँ।’ बस्तीमा पहिरो जोखिमलाई मध्यनजर गर्दै वडाले जग्गा उपलब्ध गराएकोमा आफूहरू खुसी भएको भए पनि घर बनाउन आर्थिक अभावका कारण नसकेको उनको भनाई छ।  

गरिवीका कारण सहयोग कै आशा 

आफूहरू पहिरोको उच्च जोखिममा रहेको हुँदा कतैबाट घर बनाउने सहयोग पाए तुरुन्तै नयाँ ठाउँमा सर्ने सीता गन्धर्वले बताइन्। ‘घरमुनीबाट मोटर बाटो खन्नासाथ यो ठाउँ छोडन खोजेका थियौं’ उनले भनिन,‘कसैले मुखले भन्दैमा घर बन्दैन। हाम्रो आर्थिक अवस्था धेरै नाजुक छ। घर बनाउनको लागि जस्तापातसँगै दारपात पनि उपलब्ध गराइदिनु पर्छ।’

गाउँ गाउँमा सिंह दरबार आएको भने पनि आफुहरु जस्तो गरिबको आँसू पुछ्न नसेको उनले बताइन्। आफ्नो जग्गाको नाउँमा घर उभिएकोे ठाउँ भन्दा बढी नभएकोले  एक जनाको कमाइले परिवारको राशन खर्च  र नांगो ढाक्नै ठिक्क हुने उनीहरु बताउछन्।

वडाले जस्ता उपलब्ध गराउने भनेता पनि घर बनाए सकिदा समेत जस्तापाता नपाउदा ऋण खोजेर जस्ता खरिद गरी घर छाउनु परेको छुमा गन्धर्वले बताइन्। उनले भनिन्,‘वडाबाट जस्तापाता दिन्छौं भनेर घर बनाए तर पाइन।’ घर बनाएको ऋण कसरी तिर्ने भन्ने पिरलो भएको उनले व्यक्त गरिन।  

जग्गा पाए, घर बनाउन सकेनन् 

आर्थिक अवस्था कमजोर रहेका आठ गन्धर्व परिवारलाई प्यूठान नगरपालिका ३ ले जग्गा धनी पुर्जासहित जग्गा उपलब्ध गराएको छ। सुरक्षित ठाउँमा सार्ने उद्देश्यले १० रोपनी जग्गा उनीहरूको नाममा पास गरी जग्गा धनी पुर्जा दिएको वडा अध्यक्ष प्रेमबहादुर हमालले बताए।

‘वडा कार्यालयको जनता आवास कार्यक्रमबाट ५ लाख र नगरपालिकाले दलित सञ्जाललाई छुट्टाएको ३ लाख बजेटमा जग्गा खरिद गरेका थियौं’ वडा अध्यक्ष हमालले भने,‘जनता आवासको भवन सहितको कार्यक्रम आउछ भनेर आशा गरेको तर त्यो कार्यक्रम सरुमारानी गा.पा.मा परेकोले उनीहरू आफैले घर बनाउनु पर्ने भएको छ।’

आर्थिक वर्ष २०७४/०७५ अन्तिम तिर जग्गा हस्तास्तरण गरेको बताउदै जनता आवासको जस्तापाता पनि ढिलो आएकोले २ परिवारले घर बनाइसकेको हुँदा अब जस्तापाता नपाउने बताए।

चालु आर्थिक वर्षमा प्रदेशबाट सञ्चालन हुने भवन सहितको जनता आवास कार्यक्रम गन्धर्व बस्तीमा ल्याउनको लागि आफूले पहल गरिरहेको हमालले बताए। जग्गा पाउनेहरूमा तीर्थबहादुर गन्धर्व, खुमबहादुर गन्धर्व, सीता गन्धर्व, सूर्य गन्धर्व, छुमा गन्धर्व, निर्मला गन्धर्व, विमला गन्धर्व र सुमित्रा गन्धर्व रहेको अध्यक्ष हमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.