|

सल्यान : जिल्लाका अधिकांश क्षेत्रमा परेको असिना पानीले मौसमी तथा बेमौसमी तरकारी र फलफुलमा क्षति पुर्‍याएको छ। 

आज (सोमबार) दिउँसो परेको असिना पानीले बजारमा लैजान तयार भएको बेमौसमी तथा मौसमी तरकारी,तोरी र पाकेको सुन्तलामा क्षति गरेको हो।

जिमाली, मर्मपरिकाँडा, भल्चौर, बागचौर नगरपालिका लगायतका दर्जन बढी गाविसमा असिना पानीले तरकारी तथा फलफुलमा क्षति गरेको बागचौर नगरपालिकाका स्थानीय द्रोण शर्माले जानकारी दिए। लामो समय पछि वर्षा भएपनि असिना आउँदा लगानी डुबेको उनले बताए। 

तरकारी तथा फलफुलमा असिनापानीले क्षति गरेपनि गहुँ, जौका लागि असिना पानी अमृत समान भएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.