|
सांसद डा. विमला राई पौड्याल

काठमाडौं : राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले पत्रकार बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छन्।

संघीय संसद राष्ट्रियसभामा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसद पौड्यालले दर्ता गरेको संशोधनमा पत्रकारिता गर्ने व्यक्तिलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ। मिडिया काउन्सिलको काम, कर्तव्य र अधिकार अन्तर्गत पत्रकारलाई लाइसेन्स दिने राख्नुपर्ने उनको प्रस्ताव छ।

सांसद पौड्यालको प्रस्ताव छ, 'संचारकर्मीहरूको गुणस्तर मापन गर्न आवश्यक पाठ्यक्रम बनाउने, परीक्षा प्रणाली विकास गर्ने, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने र लाइसेन्स दिनेसम्बन्धी व्यवस्था गर्ने।'

सांसद पौड्यालले पत्रकारहरूलाई जरिवाना गर्न नहुने संशोधन राखेकी छन्। उनले जरिवानाको सट्टामा कसैको आत्मसम्मानमा आँच पुर्‍याउने समाचार लेख्ने पत्रकारलाई 'सचेत गराउने, सम्बन्धित पक्षबीच वार्ता गराउने, मेलमिलाप गराउने वा आवश्यक कारबाहीका लागि उच्च अदालतमा लैजानका निमित्त सहजीकरण गर्नुपर्ने' मिडिया काउन्सिलको काम हुनुपर्ने प्रस्ताव गरेकी छन्।

सांसद पौड्यालले पत्रकार बन्नका लागि लिखित र मौखिक परीक्षा मिडिया काउन्सिलले लिनुपर्ने व्यवस्था कानुनमा गर्न प्रस्ताव गरेकी छन्। दर्तावाला पत्रकार बन्न पत्रकारिता विषयमा नै स्नातक गरेको हुनुपर्ने वा अन्य विषयमा स्नातक गरेको व्यक्तिले तीन वर्ष पत्रकारिता गरेपछि दर्तावाला पत्रकार बन्ने व्यवस्था गर्नुपर्ने संशोधनमा उल्लेख गरेकी छन्।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.