नक्कली पार्ट पूर्जा राखिएको दाबी

|

काठमाडौं : संघीय संसद अन्तरगत संसदीय समितिका सभापतिका लागि किनिएका ११ वटा स्कोर्पियो गाडीमा आएको खराबीबारे छानबिन गर्न गठित समितिले सभामुखलाई प्रतिवेदन बुझाएको छ ।

संसदीय समिति सभापतिहरुका लागि खरिद गरिएका ११ आएपछि छानबिनका लागि गठित सांसद रामनारायण बिडारी संयोजकत्वको समितिले आफ्नो प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई बुझाएको हो।

सभामुखलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गरिएको छैन। तर छानबिन समितिले ती गाडीहरुका इन्जिनमा नभइ पार्ट पूर्जामा समस्या देखाएको छ । सबै गाडीमा कमसल (नक्कली) पार्ट पूर्जा राखेको भेटिएको दाबी समितिको प्रतिवेदनमा गरिएको स्रोतले जनाएको छ। 

सभामुखले समितिको प्रतिवेदन अध्ययन गरेपछि कार्यान्वयन गरिने बताइएको छ । सभामुखमार्फत् नै उक्त सार्वजनिक गरिने उल्लेख गरिएको छ। 

प्रतिवेदन ५० पृष्ठ भन्दा ठूलो छ। बिडारी संयोजकत्वको समितिमा कृष्णभक्त पोखरेल, भरतकुमार शाह,  तारादेवी भट्ट र कृष्णप्रसाद दाहाल सदस्य थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.