|

विराटनगर : विराटनगरमा सोमबार राती ९ बजेतिर एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। विराटनगर–१९ मा रहेको क्रितेश मनी चेन्जरका बटेशकुमार साहलाई गोली प्रहार भएको हो।

गोली प्रहार पछि उक्त समूहले साहको साथमा रहेको नगद ४ लाख लुटेको प्रहरीले जनाएको छ। गम्भीर घाइते साहको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ।

प्रहरीका अनुसार उनको दायाँ हात र तिघ्रामा गोली लागेको छ। गोली प्रहार गर्नेको खोजी कार्य जारी रहेको मोरङ प्रहरीका प्रवक्ता संजयसिंह थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.