राजनीति

मेलम्ची आयोजना : झडपपछि पाँच राउण्ड अश्रुग्यास प्रहार
SHARES

भदौ १९, २०७६

    सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनमा खानेपानी अगाडि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडप हुँदा ५ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालयका पहरी निपरीक्षक मणिराम लामिछानेले जानकारी दिए।

    आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधानमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरेको उनीले जनाए। अहिले अवस्था शान्तिपूर्ण बनेको समेत बताए। आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला, नेपालका सहायक कन्ट्राक्टर्स र सप्लायर्सहरूको भुक्तानी नदिई छाडेको थियो। सोही रकमको सुनिश्चतता खोज्दै पीडितहरु आन्दोलनमा उत्रिएका छन्।

    सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिने लाई कामको जिम्मा दिएको छ। सीमएसीले तिर्न बाँकी रकम खोज्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। बुधबार उनीहरुले शान्त्तिपूर्ण र्‍याली र धर्ना कार्यक्रम गरेका थिए।

    सम्बन्धित समाचारहरू :

    मेलम्ची आयोजना : सिने ‘इन्ट्री’माथि स्थानीयको कडा अवरोध 

    मेलम्चीको म्याउँ-म्याउँ: दुई दशक बित्यो छैन मुआब्जा 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]