|

ओखलढुंगा : जिल्लाको पर्यटकीय गाउँका रूपमा परिचित सिद्धिचरण नगरपालिका-६ को जन्तरखानीको सबै स्थान अन्धकारमा छ। सदरमुकामदेखि नजिकैको स्थान भए पनि विद्युत प्रधिकरणको बेवास्ताका कारण जन्तरखानीलगायत जन्तरखानीको पर्यटकीय स्थान ठाडेसमेत अन्धकारमा रहको हो। 

गाउँमा भएको बत्ती पेल्ट्रिक सेट पनि चट्याङले बिग्रिएपछि अँध्यारोमै बस्नुपर्ने स्थानीयको बाध्यता छ। पेल्ट्रिक सेट केही हप्ताअघि चट्याङ परेर बिग्रिएपछि ३० घरधुरी रहेको यो गाउँ अहिले अँध्यारोमा गुज्रारिएहेको स्थानीय पारस मगरले बताए। 'सानो गाउँ भए पनि पर्यटक धेरै आउँछन्, सधैँ हुस्सु लागिरहने भएकाले सोलारले काम गर्दैन', उनले भने 'केन्द्रीय विद्युत आयोजनाको बत्ती जडान भए राहत हुने थियो।'

विद्युत् प्राधिकरणले ठाडे, जन्तरखानी लगायतका क्षेत्रमा ग्रामीण विद्युतीकरणका लागि ठेक्का लगाए पनि काम शुरु भएको छैन। सिद्धिचरण नगरपालिकाले पनि सबै वडामा विद्युत पुर्‍याउने नीति लिएको छ, तर कार्यान्वयनमा भने आएको छैन।

ठेकेदारको ढिलासुस्ती र राज्यको गैहजिम्मेवारपन प्रवृत्तिले यहाँका बासिन्दा अध्याँरोमै बस्नु पर्ने बाध्यतामा रहेको स्थानीय सूर्य मगरले गुनासो गरे। मौसम धुम्मिरहने समस्याका कारण सोलारले काम नगर्ने हुँदा विद्युत् अभावले जन्तरखानी ठाडेको जनजीवन प्रभावित भइरहेको मगरको भनाइ छ।

प्राकृतिक हिसाबले सुन्दर र हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई होमस्टे गाउँका रूपमा पनि विकास गर्न सकिने सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए।

नगरपालिकाले यस क्षेत्रलाई प्रथामिकतामा राखेको बताएको भएता पनि आजसम्म यहाँका जनताले विकासको कुनै अनुभूति गर्न सकेका छैनन्। दैनिक सोलुखुम्वु जाने र ठाडेमा घुमफिर गर्न आन्तरिक तथा बाह्य पर्यटक गाउँमा आउने गरेका छन्। पर्यटक घुमफिर तथा स्थानीय परिकारको स्वाद लिन ठाडे पुग्ने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.