|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँग शान्ति सम्झौता भंग गरेको बताएका छन्।

सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले आइतबार तालिवानी नेता, अफगानीस्तानका राष्ट्रपतिका साथ हुँदै गरेको गोप्य मिटिङ रदद् भएको जानकारी दिएका छन्।

 बिहीबार काबुलमा भएको कारबम आक्रमणपश्चात राष्ट्रपति ट्रम्पले यो कदम उठाएका हुन्। आक्रमणमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको छ। तालिवालीले यो हमलाको जिम्मेवारी लिएको थियो।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलीलजादले सोमबार तालिवानसँग सैद्धान्तिक रूपमा  शान्ति सम्झौता हुने बताएका थिए। सम्झौतामा २० हप्ताको अवधिमा अमेरिकाले अफगानिस्तानबाट ५४ सय सैनिक फिर्ता गर्ने जनाइएको थियो। 

बिहीबार काबुलमा कारबम आक्रमण भएपछि अफगानिस्तानमा शान्ति स्थापित हुने कुरामा शंका उब्जिएको छ। तालिवानसँगको वार्तापश्चात पनि हिंसा नरोकिएको बिबिसीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.