|

पर्सा : जंगलमा दाउरा लिन गएका समयमा रुखले च्यापेर पर्सामा एकजनाको मृत्यु भएको छ। आइतबार जंगलमा दाउरा लिन गएका समयमा उनको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्सागढी नगरपालिका ५ झिङ्गनाका ३५ बर्षीय शम्भु नट भएको पर्सा प्रहरीले जनाएको छ। 

जंगलमा दाउरा लिन गएको समयमा रुख ढलेर उनैलाई च्याप्दा नटको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरी घटनास्थलमा प्गी पोष्टमार्टमका लागि शव नारायणी अस्पताल ल्याउँदै गरेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.