प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

विश्व

आफूले ल्याएको कानुनको बचाउ गर्दै ओबामा, पक्षमा उभिन डेमोक्रेटिक सांसदहरूसँग आग्रह
SHARES

पुस २१, २०७३

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले ल्याएको स्वास्थ्य सेवासम्बन्धी कानूनको पक्षमा लड्न डेमोक्रेटिक सांसदलाई आग्रह गरेका छन्। आफूले हस्ताक्षर गरेको विधेयक नयाँ सरकारले खारेज गराउने सम्भावना बढेपछि ओबामाले विधेयकका पक्षमा एकजुट हुन आग्रह गरेका हुन्। 

    राष्ट्रपति ओबामाले २ करोड अमेरिकीलाई स्वास्थ्य सेवामा सहुलियत दिने ल्याएको स्वास्थ्य कानून संसदको दुवै सदनमा रिपब्लिकनको पकड हुने भएपछि खारेज हुनसक्ने सम्भावना बढेको छ । ओबामाले ल्याएको कानूनमा सबै अमेरिकीको स्वास्थ्य बिमा हुनुपर्ने, बिमा पोलिसी सरकारी बिमा कम्पनीबाट खरिद हुनुपर्ने, कम्तीमा ५० जना कामदार रहेको कम्पनीले बिमा सुविधा दिनै पर्ने, २६ वर्ष मुनिकाको बिमा अभिभावकको पोलिसीअन्तर्गत हुनुपर्ने प्रावधान छ । 

    रिपब्लिकन सांसदहरूले यस्तो व्यवस्था अव्याहारिक हुने र अमेरिकाले धान्न नसक्ने बताउँदै आएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा आफूले अमेरिकीका लागि अझ उत्कृष्ट र कम खर्चिलो योजना ल्याउने प्रतिबद्धता जनाएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]