गृहमन्त्रीको जवाफले चित्त बुझेन!

|

काठमाडौं : संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका कारबाही अवरुद्ध भएका छन्।

आइतबार बसेका प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सदनमा आसनबाट उभिएर विरोध गरेपछि दुवै सदनका बैठकका कारबाही अवरुद्ध भएका हुन्।

कांग्रेसले बाँके पार्टी सभापति किरण कोइरालालाई सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेर हात भाँचेको भन्दै संघीय संसदका दुवै सदनका बैठक अवरुद्ध गरेको हो।

कांग्रेसले बाँके घटनाका वास्तविक अभियुक्तलाई कारबाही गर्नुपर्ने माग गरेको छ। बाँके घटनामा संलग्न भनी पीडीतले किटानी जाहेरी दर्ता गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको उसले आरोप लगाएको छ। यो विषय दुवै सदनमा उठाएको थियो।

बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि कांग्रेसका सांसदहरूले किटानी जाहेरीको निवेदन दर्ता गर्न माग गर्दै बैठक अवरोध गरेका थिए।

राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्दप्रसाद पाण्डेले योजनाबद्ध रूपमा बाँके घटना गराइएको तथा किटानी जाहेरी दर्ता गर्न पनि अस्वीकार गरिएको भन्दै तत्काल जाहेरी दर्ता गराउन माग गरेका थिए। उनले यस्ता घटना र घटनाप्रति सरकारले देखाएको कार्यशैली दोहोरिँदै जादा राजनीतिक दलहरू राज्य आंतकको शिकार बन्दै जानुपर्ने अवस्था सिर्जना हुने भन्दै वास्तविक दोषीलाई कारबाहीको प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने बताएका थिए।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाका बारेमा दुवै सदनमा जवाफ दिएका थिए। दुवै सदनका पहिलो बैठकमा थापाले जवाफ दिएका थिए। उनले बाँके घटनाका तीनजना दोषी पक्राउ परिसकेको र बाँकी अनुसन्धान जारी रहेको बताए। उनले  बाँके घटनालाई राजनीतिक रूप नदिन पनि आग्रह गरेका थिए।

दुवै सदनका दोस्रो बैठकमा कांग्रेस सांसदले अवरोध गरेपछि दुवै सदन भोलिसम्मका लागि स्थगित भएका छन्।

प्रतिनिधिसभाको बैठक भोलि सोमबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रियसभाको बैठक भने भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो। 

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.