काठमाडौं : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मातृशोक परेको छ।
रेग्मीका ९० वर्षीया आमा चित्रकुमारी रेग्मीको काठमाडौस्थित सिभिल अस्पतालमा सोमबार राति ११ बजेर ३० मिनेटमा निधन भएको पूर्व अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जनाकारी दिए।
स्वर्गीय रेग्मीको आज बिहान पशुपतिमा अन्त्येष्टि गरिएको छ। उनका तीन छोरा र चार जना छोरी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।