|
फाइल फोटो

चितवन : म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ। माडी नगरपालिका ४ सीतलपुरका २२ वर्षीय निसा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

रामनगरबाट भरतपुरतर्फ आइरहेको ना१ज ५२९९ नम्बरको म्याजिक भरतपुर महानगरपालिका १ आँपटारी नजिकै पानी ट्यांकी ओरालोमा बिहान १०:४५ बजे पल्टिँदा चारजना घाइते भएका थिए। गम्भीर घाइते नेपालीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा ११:०५ बजे बाटैमा मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए।

अन्य घाइते तीन जनाको भरतपुरमा उपचार भइरहेको छ भने म्याजिक र चालक प्रहरीका नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.