|

काठमाडौं : चर्चित चलचित्र लुटको नयाँ सिक्वेल लुट २ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार हाइलाइट्स नेपालको यू-ट्युब एकाउन्टमार्फत यस चलचित्रको ट्रेलर सार्वजनिक भएको हो।

लुट २ बैंक डकौतीको अभियोगमा पक्राउ परेका पात्रहरुले जेलबाट छुटेपछि ‘हाकु काले’ सँग बदला लिनका लागि गरेको संघर्ष र द्वन्द्वमा आधारित छ। यसअघि मुख्य पात्र ‘हाकु काले’ले बैंक लुटेर अन्य चार सहायक पात्रलाई डकौतीको अभियोगमा फसाएपछि ‘लुट’ चलचित्र अन्त्य भएको थियो।

लुट २ मा निर्देशक निश्चल बस्नेतले पुरानै कलाकारलाई प्रस्तुत गरेका छन्। ‘हाकु काले’ सौगात मल्ल र ‘गोफ्ले’ दयाहाङ राईसहित कर्मा शाक्य, रिचा शर्मा, कमलेश्वर चौरासिया, सिर्जना सुब्बा, सुशिल राज पाण्डे, राटिक राज न्यौपाने, सुशिल उप्रेती, एलिासा राई र विपिन कार्कीको यस चलचित्रमा अभिनय छ। यो चलचित्र फागुन १३ गते रिलिज हुनेछ। 

पछिल्लो समय निकै चर्चामा रहेका विपिन कार्कीको अभिनयले यो चलचित्रलाई थप चर्चामा तानेको छ। यसअघि लुटको पहिलो सिक्वेलमा विपिन थिएनन्। पपकर्न पिक्चर्सको प्रस्तुती रहेको यस चलचित्रमा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी छ। 

चलचित्रको ‘ठमेल बजार’ नामको गीत यसअघि नै भाइरल भैसकेको छ। यो गीतलाई अहिलेसम्म यू ट्यूबमा ५६ लाखभन्दा धेरैले हेरिसकेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.