|

हार उन्मुख रहेको स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई वैकल्पिक खेलाडी हेक्टर हेरेराले उद्धार गरेका छन्। उनले अन्तिम मिनेटमा गोल गरेपछि म्याड्रिडको संभावित हार टरेको थियो भने महत्वपुर्ण तीन अंक नजिक पुगेको युभेन्टसले अंक बाँड्न बाध्य भएको थियो।

हेरेराको गोलसंगै घरेलु टोलीले युभेन्ट्सलाई २–२ को बराबरीमा रोक्न सफल भयो। दुई गोलले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै म्याड्रिडले खेलमा शानदार पुनरागमन गर्दे खेल बराबरी गर्न सफल रह्यो। जुआन क्वाडराडोले ४८ औ मिनेटमा युभेन्ट्सलाई अग्रता दिलाए। ६५ औ मिनेटमा ब्लाईज मटुडीले युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए। तर घरेलु टोली म्याड्रिड लगातार दुई गोल गर्दै खेलमा फर्कन सफल भयो।

७० औ मिनेटमा स्टेफन साविकले गोल गर्दै म्याड्रिडको गोल अन्तर कम गरे। खेलको अन्तिम मिनेटमा हेरेराले बराबरी गोल फर्काएपछि घरेलु मैदानमा म्याड्रिडको संकट टरेको थियो। युभेन्ट्सले ८६ औ मिनेटमा आरोन राम्सीलाई मैदानमा उतारेको थियो। वेल्सका अन्तराष्ट्रिय खेलाडी तथा आर्सनलबाट युभेन्ट्स आएका राम्सीले नयाँ सिजन टुरिन क्लबबाट च्याम्पियन्स लिगमा डेब्यु समेत गरे। त्यस्तै बुधबारनै भएका अर्को खेलमा म्यानचेस्टर सिटीले शख्तर डोनेस्कलाई ३–० ले पराजित गर्यो। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.