|

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्।

लिबरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गरेका हुन्।

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ। उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा छन्।

उनको पुरानो फोटोले अहिले तानवमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ।

उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ।

ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ। त्यही फोटोलाई लिएर विपक्षीहरूले उनका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन्।

उनले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘विषयवस्तु’ को रूपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरूले दुरुपयोग गरेको उनको भनाई छ।

उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताए। तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आफू नभएको उनको दावी छ।

उनले सन् २०१५ मा प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिवासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.