मनोरञ्जन

ओझाले ल्याए ‘संसारै बैमानी’
SHARES

असोज ४, २०७६

    काठमाडौंः पत्रकार तथा गीतकार अनुप ओझाको दोस्रो गीत सार्वजनिक भएको छ। गत वर्ष ‘वारीको डाडामा म...’ बोलका लोकप्रिय गीत लिएर आएका अनुप यसपाला अर्को सुमधुर गीत ‘संसारै बैमानी ...’ लिएर आएका छन्। अनुपको दोस्रो गीतमा दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशीने तन्नेरी र यही उपक्रममा बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन समेटिएको छ।

    इमानको खडेरी परेका बेला अनुपले बैमानीहरूको बोलबाला रहेको सत्यलाई गीतमार्फत अघि ल्याएका छन्। इमानमा चल्नेहरू कसरी दबेका छन् र उनीहरूको इमानमाथि नै बैमानीहरूले कसरी हिलो छ्यापिरहेका छन् भन्नेबारे अनुपले यो गीतमार्फत जीवन्त चित्रण गरेका छन्। 

    प्रयोगात्मक धारको सफल नेपाली चलचित्र ‘हरि’को सफल निर्देशन गरेका सफल केसी र प्रतीक गुरुङले यो दोस्रो गीतको म्युजिक भिडियोको निर्देशन गरेका हुन्। पाँच मिनेट ३५ सेकेन्डको यो म्युजिक भिडियो म्याड हाउसले उत्पादन गरेको हो भने यसको छायांकन काठमाडौंको चम्पादेवी गाउँको विभिन्न स्थानमा गरिएको हो।

    यो म्युजिक भिडियोको कोरियोग्राफी अष्ट्रेलियामा रहेको दि नेक्स्ट नामक नृत्य समूहको नेतृत्व गरिरहेका प्रदीप लामाले गरेका हुन् भने मुर्तजा शाहको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कलाकार विजय बराल, प्रकाश गन्धर्व, प्रकाश दाहाल, भावना थापा, सुरज चौलागाईं, दीपराज विक र गायक/रचनाकार अनुप स्वंयमले अभिनय गरेका छन्। गीतमा भानुभक्त ढकाल र झुमा लिम्बुको स्वरले पनि साथ पाएको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]