|

जुम्ला : जुम्लाका किसानले स्याउले मूल्य नपाएको गुनासो गरेका छन्।   जुम्लामा   स्याउग्रेडिङ  छैन स्याउले पाउनु पर्ने  मूल्य पाएन हामीले उत्पादन गरेको केकाम श्रमको मूल्य उठदैन  पातारासी– ६ का तारा बोहोराले गुनासो गरे , मैले उत्पादन गरेको स्याउ  १५ क्वीन्टलभन्दा  बढी रेड डेलिसियस र गोल्डेन डेलिसियस जातको छ।

तर मूल्य पाउँदैन जुम्लाको स्याउ भनेर  नेपालगञ्‍जमा २ सय ५० रुपैयाँ केजीमा व्‍यापारी बिक्री गर्दछन्, तर जुम्लामा २० रुपैयाँ केजीमा लिने व्‍यापारी आउँछन्। हामी कुइएर खेर जानुभन्दा  सस्तो मूल्यमा बेच्न बाध्य छु  बोहोराले भने, उनले भने ,तर ‘करोडौं मूल्य लगानी गरेर ल्याएको ग्रेडिङ मेसिन थन्किएको छ , ग्रेडिङ मेसिन संञ्चालनमा भए हामीले सस्तो मुल्यमा स्याउ बेच्न पर्थेन, उनले दुखेसो पोखे, उनले थपे ‘किसानले स्या ग्रेडिङ गर्न नपाएँदा उचित मूल्य पाएका छैनन्।

सानो ठूलो स्याउ सबै हचुवाको भरमा बेच्नुपरेको छ।’व्यापारीहरुले  किसानले भनेको मूल्यमा खरिद गर्न मन्जुर नहुँदा प्रतिकेजी २० देखि २५ रुपैयाँमा बिक्री गर्नुपरेको स्याउ  किसानको  गुनासो छ।

  त्यस्तै जुम्लाको स्याउ मिठो, गुणस्तरीय भए पनि हेर्दा राम्रो नदेखिने भएकाले ग्रेडिङ बिनाको स्याउले  बजार पाउन समस्या भएको स्थानी किसान चन्द्र सार्कीले बताए । उनले भने ग्रेडिङ नभएकै कारण यस वर्ष स्याउबाट लक्ष्य अनुसारको कमाई गर्न सकिने अबसथा छैन।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.