काठमाडौंमा निर्मल, वीरगन्जमा रहबर

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ ओटा महानगरपालिकाका अध्यक्ष र सचिवको जिम्मेवारी टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सचिवालयको निर्णयअनुसार काठमाडौं महानगरपालिकाको नेकपा पार्टी अध्यक्ष निर्मल देउजा बनेका छन्। सचिवको जिम्मेवारी रविन्द्र श्रेष्ठलाई दिइएको छ।

चितवन भरतपुर महानगरपालिकाको अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा बनेका छन्। ललितपुर महानगरपालिकाको अध्यक्षको जिम्मेवारीमा मञ्जरी कायश्थ छिन भने सचिवमा ज्ञानेन्द्र शाक्य रहेका छ।

त्यस्तै, पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक कोइराला र सचिव विश्वप्रकाश लामिछाने रहेका छन्।

वीरगन्ज महानगरपालिकाको अध्यक्षको जिम्मेवारी रहबर अन्सारीलाई दिइएको छ भने सचिव विश्वम्भर शर्मा बनेका छन्। विराटनगर महानगरको अध्यक्षमा सागर थापा बनेका छन् भने सचिवको जिम्मेवारी हेम कार्कीलाई दिइएको छ।

पार्टी एकीकरणका बाँकी काम सचिवालयको अर्को बैठकले सम्पन्न गर्ने प्रवक्ता श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.