बाँके : बाँके प्रहरीले चार किलोग्राम अफिमसहित तीनजनालाई पक्राउ गरेको छ। लागुऔषध अफिमको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका–४ स्थित एक होटलबाट अफिमसहित तीनजनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।
नेपाल प्रहरी ५ नं. प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त होटलको ३०५ नं. कोठाबाट दाङ, तुल्सीपुर उपमहानगरालिका–१८ का ३४ वर्षीय ढुकु रोका, बर्दिया गुलरिया नगरपालिका–८ का ३० वर्षीय बालकृष्ण थापा र सोही ठाउँका ३० वर्षीय डम्बर थापालाई चार किलोग्राम अफिमसहित पक्राउ गरिएको उनले बताए। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।