|

सल्यान : जिल्लामा माध्यमिक विद्यालयहरुमा विश्राम कोठा स्थापना भएपछि महिनावारी हुँदा विद्यालयमा नआउने छात्राको संख्यामा कमी आएको छ।

सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक बिद्यालयहरुमा छात्राहरुका लागी बिश्राम कोठा स्थापना भएपछि छात्राहरु नियमित बिद्यालय आउन थालेका छन। महिनावारी भएको बेला बिद्यालयमा अनुपस्थित हुने समस्या आएपछि गाउँपालिकाले गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयमा बिश्राम कोठाको व्यवस्था गरेको थियो। बिश्राम कोठाको व्यवस्था भएपछि अहिले महिनावारी भएको बेला छात्राहरुको  बिद्यालय अनुपस्थित हुने समस्या हटेको कालिका माध्यामिक बिद्यालय कपुरकोटकी शिक्षिका हिमा सुबेदीले बताइन।

उनले भनिन ‘पहिले छात्राहरु महिनावारी भएको बेला बिद्यालय आउदैन थिए, आएपनि घर फर्किन्थे, बिश्राम कोठाको व्यवस्था भएपछि अहिले बिद्यालयमै आराम गर्छन।’ पहिले महिनावारी भएको बेला बिदा लिएर जाने गरेकोमा अहिले छात्राहरु नियमित आउने र  पढाइमा असर नपरेको शिक्षिका सुबेदीले बताइन।

महिनावारी भएको बेला भिबिन्न समस्याहरु झेल्नु परेकोमा अहिले भने त्यो समस्या हटेको कालिमा माध्यामिक बिद्यालय कक्षा १० मा अध्यनरत छात्रा शान्ति पुन मगरले बताइन। उनले भनिन महिनावारी हुँदा गाह्रो हुन्थ्यो, बिद्यालय आउदा बाटो बाटै घर फर्किनु पथ्र्यो, सरहरुलाई भन्न पनि लजाउथेउ, अहिले बिद्यालय भित्र आराम गर्ने कोठाको व्यवस्था भएपछि कुनै अप्ठयारो महशुस हुदैन।

महिनावारी भएको बेला मात्र नभएर अरु बिरामी भएको बेला पनि आराम गर्ने गरेको अर्का छात्रा अबन्तीका सुनारले बताइन ।

भवानी माविका प्रधानाध्यापक दलबहादुर खड्काले छात्राहरुका लागि एउटा छुट्टै कोठाको व्यवस्था गरेको र त्यसमा आराम गर्न बेड, स्यानेटरी प्याड, प्रयोग गरेको प्याड राख्ने भाँडा, टाउको, पेट दुखे, ज्वरो आए, चोटपटक लागेमा प्राथमिक उपचार गर्ने आवश्यक औषधीको व्यवस्था गरिएको बताए।

महिनावारीको समयमा सरसफाइमा बढी ध्यान दिन जरूरी रहेको उल्लेख गर्दै प्रधानाध्यापक खड्काले धार्मिक कुरिति र संस्कारमा मात्रै अल्झिनु गलत भएको बताए। महिनावारी हुँदा, खुलेर कुरा गर्न नसक्नु, लजाउनु, लुकाउन खोज्नु जस्ता कारणले  सरसफाईमा समस्या आउने हुँदा किशोरीहरू सावधान रहनु पर्ने उनको सुझाव छ।

महिनावारी भएको बेला बिद्यालय आउदा बिशेष गरी किशोरीहरुलाई समस्या हुने देखिएपछि गाउँपालिकाले पाँच वटै माध्यामिक बिद्यालयमा बिश्राम कोठाको व्यवस्था गरेको कपुरकोट गाँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए।

छात्राहरु बिद्यालयमा अनुपस्थित हुने समस्या धेरै देखिएपछि बिश्राम कोठा, किटबक्स व्यवस्था सँगै एक जना शिक्षिकाहरुलाई तालीम दिएको उनले बताए। बिगदका दिनहरुमा पठनपाठन गर्ने  छात्राको संख्या घटने गरेको भएपनि अहिले भने नियमीत बढिरहेको अध्यक्ष सेनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.