चिनियाँ राष्ट्रपतिको भ्रमण तयारी

|

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ काठमाडौं आइपुगेका छन्। राष्ट्रपति सी चिनफिङको आसन्‍न नेपाल भ्रमणको तयारीका लागि चिनियाँ सरकारका वरिष्ठ मन्त्रीसमेत रहेका ताओ नेपाल आइपुगेका हुन्। 

उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका लागि आएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका सोमबार मध्यान्ह आइपुगेका सोङलाई नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाल र नेकपा स्थायी कमिटीका सदस्य एवम् स्कुल विभागका उपप्रमुख बेदुराम भुसालसहितले स्वागत गरे।

सोङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रभानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र वरिष्ठ नेता माधव नेपालसहितका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

राष्ट्रपति सी असोज २७ गते नेपाल भ्रमणमा आउँदैछन्। त्यसअघि उच्च चिनियाँ अधिकारीहरु नेपाल आउने क्रम जारी छ। सी आउने भएपछि चिनियाँ सुरक्षा र जासुसी संयन्त्रको सक्रियता पनि नेपालमा बढेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.