|

इलाम : इलाममा  बस र ट्याक्सी जुध्दा ८ जना घाइते भएका छन्। धरानबाट ताप्लेजुङ जाँदै गरेको ना ५ ख ७६८१ नम्बरको बस र राँकेबाट इलाम तर्फ आउदै गरेको मे १ ज २१२६ नम्बरको टयाक्सी साखेजुङ–७ नेपालटारमा जुध्दा ८ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका फाकफोक ३ का ३० बर्षीय अनिल बस्नेतको अवस्था गम्भीर रहेकाले थप उपचारको लागी झापा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी टयाक्सी चालक इलाम चमैता–६ का २० बर्षीय मिलन राईको आँखामा चोट लागेकाले मेची आँखा अस्पताल र फाकफोक–२ का २४ बर्षीय सिरिसा बस्नेत गर्भवती रहेकाले उपचारको लागि विएन्डसी अस्पताल विर्तामोड रिफर गरिएको जिल्ला ट्राफिक इलामका इन्चार्ज पदम राईले जानकारी दिए।

पाँचथर पौवा–६ बस्ने २३ बर्षीया पार्वता फुयाँल, पाँचथर इम्वुङ–५ का ६० बर्षीय मेघराज भट्टराई,  मोरङ पथरी शनिश्चरे–४ का ६६ बर्षीय बुद्धिमाया आचार्य, , इलाम फाकफोक–४ का ४७ बर्षीय डेगप्रसाद भट्टराई, झापा  धाइजन–४ का २३ बर्षीय केशव खनाल, सामान्य घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ। बस चालक बरबोटेका झमकबहादुर घिमिरे प्रहरी चौकी रक्सेको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.