|

दमक :  इलाका प्रहरी कार्यालय दमकले आज छुट्टा–छुट्टै स्थानबाट लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा इलाम मंगलबार ७ की २८ वर्षीय उषा मुखिया र दमक १ का २३ वर्षिय रविन लिम्बु रहेका छन्।

उषा मुखियालाई गोप्य सुचनाको आधारमा आज साँझ करिब ७ बजे ५ ग्राम ब्राउन सुगरसहित दमक १० बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए।

त्यस्तै  रविन लिम्बुलाई दमक १० बाटै गोप्य सुचनाको आधारमा ३४ एमपुल डाईजापाम, २८ एम्पुल लुपिजेसिक र ३३ एम्पुल फेनार्गन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.