|
सांकेतिक फोटो

जाजरकोट : मजदुरीका लागि भारत गएका जाजरकोटका एक जनाको कारको ठक्करबाट मृत्यु भएको छ। भारी बोकेर बाटोमा हिँडिरहेका पजारु ७ का विर्खबहादुर गिरीको भारतको थलालीमा कारले ठक्कर दिँदा घटनास्थलै मृत्यु भएको उनका भाइ विष्णु गिरीले जानकारी दिएका छन्।

कारको ठक्करबाट जाजरकोटकै दलचन गिरी गम्भीर घाइते भएका छन्। घाइते भएका गिरीको देहराधुन अस्पतालमा उपचार भइरहेको विष्णुले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.