बेलायतमा एक पेन्टिङ एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकममा बिक्री भएको छ।
बेलायतको संसदमा चिम्पान्जी बसेको बनाइएको पेन्टिङ बोलकबोल खुला भएको १३ मिनेटमा नै बिक्री भएको हो।
सोथेबी अक्सन हाउसका अनुसार 'विकसित संसद' शिर्षक दिइएको उक्त पेन्टिङ १० जनाले बोली लगाएका थिए। जसमा १३ मिनेटमा नै उक्त पेन्टिङ बिक्री भएको थियो।
सोथेबीको अक्सन हाउसले बिहीबार उक्त पेन्टिङको मूल्य २० देखि ३२ करोड मूल्य राखेको थियो। तर अनपेक्षित रूपमा उक्त पेन्टिङ एक अर्ब १३ करोड ५४ लाख रुपैयाँमा बिक्री भएको हो।
तेलको पेन्टिङमा चिम्पान्जी बेलायतको संसद हाउस अफ कमन्सका हरियो कुर्सीमा बसेका देखाइएको छ। उक्त पेन्टिङको लम्बाई १३ फिट रहेको छ।
उक्त पेन्टिङ तयार पार्ने कलाकारको नाम उल्लेख गरिएको छैन।
ब्रिस्टलमा जन्मिएका ती कलाकार राजनीतिक र सामाजिक विषयसँग जोडिएका पेन्टिङ बनाउने रूपमा संसारभर परिचित छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।