|

भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले सुदृढ प्रदर्शन गरेको छ।

दक्षिण अफ्रिकाले तेस्रो दिनको अन्त्यसम्ममा शुक्रबार ८ विकेट गुमाएर ३८५ रन बनाएको छ। यद्यपी भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो। दक्षिण अफ्रिका अझै पनि ११७ रनले पछाडि नै रहेको छ, र उसको २ विकेट मात्र बाँकी छ।

भारतले प्रस्तुत गरेको विशाल रनका कारण निकै दबाबमा परेको दक्षिण अफ्रिकाका लागि ब्याट्सम्यान डिन एल्गरले व्यक्तिगत १६० र क्वीन्टन डी ककले १११ रन बनाएर खेललाई रोचक बनाएका छन्। यी दुवै ब्याट्सम्यानका कारण दक्षिण अफ्रिका सम्मानजनक स्कोर खडा गर्न सकेको थियो। कप्तान फाफ डु प्लेसिसले ५५ रनको योगदान गरे।

भारतका तर्फबाट रवीचन्द्रन अश्विनले सर्वाधिक पाँच विकेट र रविन्द्र जडेजाले २ विकेट लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.