|

उदयपुरः धारिलो हतियार प्रहार गरी उदयपुरमा गएराती एकै परिवारका दुई जनाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको हो।

आज शनिबार दिउँसोसम्म हत्याको आशंकमा स्थानीय दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए। ‘हत्याको आशंकामा दुई जनलाई सोधपुच्छको लागि पक्राउ गरिएको छ’, उनले भने, ‘दुवैलाई गोप्य रुपमा  राखेर अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। 

प्रहरीका अनुसार मृतक दुवैको घाटी रेटिएको अवस्थामा सव फेला परेको थियो। हत्या किन र के कारण कसले गरेको भन्ने यहिलेसम्म केही खुल्न नसकेको प्रहरीको भनाइ छ। एसपी मगरका अनुसार हत्यारा पत्ता लगाउन धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ। 

मृतकको श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको मृतका परिवारले जानकारी दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.