काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ गएका हुन्।
खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। महासभा २०७६ असोज २८ देखि कात्तिक १ गते (१५ देखि १८ अक्टोबर, २०१९) सम्म संचालन हुने छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।