|

  • दिपेन्द्र शर्मा

जाजरकोट :  गत पौष १७ गते ताप्लेजुङ्गमा हत्या गरिएका  वनरक्षक गणेश शाहीको घर जाजरकोट पुगेर वन मन्त्री शंकर भण्डारीले सहयोग हस्तान्तरण गरेका छन्। दशेरा ८ वडावन जाजरकोटमा रहेको स्वर्गीय शाहीको घरमा पुगेर  वन तथा भुसंरक्षण मन्त्री शंकर भण्डारीले समवेदना प्रकट गर्दै राहत हस्तान्तरण गरेका हुन्।

खोक्लिङ रेञ्ज पोष्ट ताप्लेजुङ्गमा कार्यरत वनरक्षक स्वर्गीय गणेश शाहीको कार्य क्षेत्रमा खटिएका बेला हत्या भएको  थियो। नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट आएका वन मन्त्री भण्डारीले पिडित परिवारको घरमै पुगेर एक लाख नगद रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरे। स्वर्गिय शाहीकी श्रीमति पवित्रा खत्री शाहीलाई कार्यालय सहयोगी पदमा मंगलबारबाट लागु हुनेगरि उनले नियुक्ति समेत दिए। 

स्वर्गीय शाहीलाई सरकारले वन संरक्षण सहिद घोषणा गरेको मन्त्री भण्डारीले जानकारी दिए। सरकारले मृतक शाहीको परिवारलाई १० लाख राहत दिने निर्णय गरिसकेको छ। सरकारले वन रक्षक गणेश शाहीको नाममा अक्षयकोषको स्थापना गरेर वर्षमा उत्कृष्ट काम गरेका देशभरीका वन रक्षक लाई पुरस्कृत गरिने वन विभागका महानिर्देशक कृष्ण आचार्यले जानकारी दिए।

‘वन रक्षक शाहीका परिवार लाई लालन पालनमा सहयोग गर्न वन विभागले  मातहतका सवै कर्मचारी लाई एक दिनको तलब दिने निर्णय गरेका छौ, आचार्यले भने,'विभिन्‍न जिल्ला वन कार्यालयले शाहीको परिवारलाई सहयोग गर्न एक दिनको तलब सबै कर्मचारीले उठाई रहेका छन्, संकलित रकम शाहीको परिवारलाई प्रदान गरिनेछ।'

शाहीको ताप्लेजुङ्ग ओराईखुस्थित जंगलमा सामुदायिक बनको लगत सर्वेक्षण गर्न गएका बेला गत पुस १७ गते हत्या भएको थियो। उनका दुई छोरा छन्। मृतक शाहीकी श्रीमति पत्रिवा गर्भवती छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.