|

हेटौैडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ। 
प्रहरीले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको होस्टल पछाडी गाँजा बेच्न लागेको भन्ने सूचनाको जाँच गर्दा हेटौंडा ११ का विजय लामालाई ७ सय ७० ग्राम गाँजा सहित पक्रउ गरेको हो।

प्रहरीले आजै  विरगञ्जबाट नारायणगढ जाँदै गरेको ना. ३ ख. ९९९० नं. को यात्रुबाहक बस जाँच गर्ने क्रममा कास्की लेखनाथ नगरपालिकाका वडा नंबर १२ बस्ने रवि पुन र सक्रिश मानन्धरलाई २९ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले हेटौंडा १७ को रातमाटे प्रहरी चेकपोष्टमा जाँच गर्ने क्रममा ना.४४ प ६६७३  नं.को मोटरसाईकलमा सबार हेटौंडा ५ का प्रकाशसिंह बस्नेत र सोहि स्थानका हेमन्त थापालाई पक्राउ गरि ७ ट्याब्लेट नाइट्रोभेट बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी बामदेब गौतमले बताए।  
  
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.