|

बारा : बाराको जेठो स्थानीय तह कलैया उपमहानगरपालिका तीन दिनदेखि ठप्प छ। कर्मचारी र जनप्रतिनिधिबीचको विवादका कारण उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द भएको छ।

उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेलाई वडाध्यक्ष जटाशंकर सहनीले आक्रमण गरेको भन्दै त्यसको विरोधमा कर्मचारीले सेवा ठप्प पारेका हुन्।

कर्मचारीको आन्दोलनका कारण उमहानगरपालिका भित्र रहेका सबै संस्था बन्द हुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीहरुले काम काज ठप्प पारेपछि कलैया बजारको फोहोर समेत उठन सकेको छैन।

यस्तो विवाद

कलैया उप-महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीले प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको कर्मचारीहरुले बताएका छन्।

वडाध्यक्ष सहनीले शुक्रबार उप-महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै आफूलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाएका छन्।

सामान्य विवाद : सहनी

वडाको योजना हटाएको विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद भएको वडा वडाध्यक्ष सहनीले बताएका छन्। ‘टेबल ठोकाठोक मात्रै गरेको भएको हो,’ अध्यक्ष सहनीले भने,‘हातपात गरेको छैन।’

कारवाही माग

कर्मचारीहरुले वडा अध्यक्ष सहनीलाई कारबाहीको माग गरेका छन्। कर्मचारीहरुले उप-महानगरपालिकाका भन्दै वडा अध्यक्ष सहनीमाथि कारबाहीको माग गरी काम ठप्प पारेका छन्।

विवाद समाधानमा छलफल

कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले कर्मचारी आन्दोलनको विषयमा छलफल गरेर समाधान गरिने बताए। ‘आजको लागि छलफल आयोजना गरेको थिए’, मेयर यादवले भने,‘वडा अध्यक्ष जी सम्पर्कमा आउनु भएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.