|

महोत्तरी : गौशाला–३ स्थित रामनगरमा रहेको एभरेष्ट सुगर मिलमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। मिलमा च्यापिएर भारत पश्चिम चम्पारन, बेतियाका २२ वर्षीय गोलु तिवारीको मृत्यु हो।

तिवारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको इलाका प्रहरी कार्यालय गौशलाका निरीक्षक शम्भु पोखरेले जानकारी दिए। तिवारी मिलमा एक वर्षदेखि क्रेन अपरेटर थिए।

मिलमा परी ज्यान गुमाएका तिवारीको परिवारलाई राहतको माग गर्दै मजदुरहरूले गएराति ९ बजेदेखि बिहान ४ बजेसम्म मिल बन्द गराएका थिए। मिलका प्रबन्ध निर्देशक पिके झा र मजदुरबीच तिवारीको परिवारलाई उचित राहत दिने सहमति भएपछि मिल पुनः सञ्चालनमा आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.