समाज

खरोखोलामा सात फिट लामो अजिङ्गर फेला
SHARES

कात्तिक १०, २०७६

    सप्तरी : सप्तरीको दक्षिण पूर्वी तिलाठी कोइलाडी गाउँपालिका–१ खरोखोलामा सात फिट लामो अजिङ्गर फेला परेको छ।

    गाईवस्तु चराउन गएका गोठालाले अजिङ्गर देखेको सूचना पाएलगत्तै खोलामा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शनिबार अपराह्न १२ किलोग्राम तौलको अजिङ्गर नियन्त्रणमा लिई डिभिजन वन कार्यालयको टोलीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ। 

    यसअघि गत असोज ३० मा तिलाठी कोइलाडीकै छिमेकी नगर हनुमाननगर कंकालिनी नगरपालिका योगिनियाका सार्वजनिक पोखरीमा करिब सात किलोग्रामको गोही भेटिएको थियो। स्थानीय माझीले माछा मार्ने क्रममा जालमा फसेको गोहीलाई हनुमाननगरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]