राजनीति

अफगानिस्तान र इजरायलमा भएको आक्रमणको घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

पुस २७, २०७३

    काठमाडौं : नेपाल सरकारले अफगानिस्तानको विभिन्‍न भागमा गत मङ्गलबार भएको बम आक्रमणको घटना र गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

    परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अफगानिस्तानको विभिन्‍न भागमा भएको बम आक्रमणमा परी संयुक्त अरब इटिरेट्स(युयई)का अधिकारीहरु र अन्य र्निदोष नागरिकको मृत्यु भई ठूलो क्षति पुगेकामा दुःख व्यक्त गरेको छ।

    नेपाल सरकारले यस दुःखद घडीमा अफगानी सरकार र त्यहाँका जनतालाई तथा बम बिस्फोटमा परी मृत्यु भएका युयइका नागरिकका आफन्तप्रति समवेदना प्रकट गरेको छ ।

    यसैगरी गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणमा परी चार इजरायली नागरिकको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ । जुनसुकै प्रकारको आतङ्कवादलाई दण्डित र अन्त्य गरिनुपर्ने नेपाल सरकारको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]