|

बाँके : नेपालगन्जमा बसोबास गर्ने इस्लाम धर्मावलम्वीका केही अगुवाले पनि तिहारको भाईटीका लगाएका छन्। अघिल्ला वर्षझैँ नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले पनि भाईटिका लगाएका छन्। उनी दुई दशकदेखि तिहारमा मितेनी दिदीबहिनीसँग भाईटिका लगाउँदै आएका छन्।

धार्मिक तथा सामाजिक सद्भावका लागि तिहारमा भाईटीका लगाउने गरेको उनले बताए। इस्लाम धर्म अनुसार टिका लगाउन नपाइने भए पनि सामाजिक सद्भावका लागि टिका लगाउने गरेको बताए। łएकले अर्को धर्मको सम्मान गर्दा सामाजिक सद्भाव कायम भई समाज बलियो बनाउन सहयोग गर्छ,’ उनले भने।

मुस्लिम संघ बाँकेका अध्यक्ष समेत रहेका मन्सुरीले प्रत्येक वर्ष साथीको घरमा गएर बुवाआमाको हातबाट दशैँको टीका लगाएर आशिर्वाद लिने साना भाईबहिनीलाई टिका लगाएर दक्षिणा दिने गरेको बताए। उनले भने, łहरेक बषए तिहारमा भाईटिका लगाउँछु।’

दशैँमा टीका लगाएका नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना पनि सामाजिक सद्भावका लागि तिहारमा हिन्दूहरुसँग रमाइलो गरे। उनले हिन्दू समुदाय इस्लाम धर्मावलम्वीको ईदमा रमाए झैँ आफू दशैँ र तिहारमा हिन्दूहरुको घरमा गए रमाउने गरेको बताए। łहरेक बर्ष म दशैँ र तिहार खुला ह्रदयले मनाउँछु।’

बाँके युनेस्को क्वलका संस्थापक प्रवेज अलि सिद्धिकीले पनि दशैँमा टिका लगाउँछन्। हिन्दू ससुराली भएकोले उनी हरेक बर्ष ससुरालीमा गएर टिका लगाउने गरेको बताए। łआफ्नो धर्मको सम्मान गर्दै अर्को धर्ममा रमाउनु नै मानव जातिको सच्चा धर्म हो,’ उनले भने।

सामाजिक कार्यका लागि देउसी–भैलो

बाँकेमा पछिल्लो समय सामाजिक कार्यका लागि देउसी–भैलो खेल्ने क्रम बढेको छ। हिप नेपालले लागूऔषध दुब्र्यसन विरुद्ध अभियान संचालन गर्न देउसी–भैलो खेलिरहेको छ। देउसी–भैलोबाट संकलन भएको रकम लागूऔषध दुब्र्यसन विरुद्धको अभियानमा खर्च गरिने संस्थाका महासचिव कमल खत्रीले बताए।

उनले लागूऔषधले यूवा जमातलाई तहसनहस पारिरेहकोले सचेतनाका लागि अभियान संचालनका लागि रकम जम्मा गर्न देउसी–भैलो खेलेको बताए। भैलो खेलेको रकमले पिकनिक खाएर सक्नुभन्दा केहि सामाजिक कार्यमा खर्च गर्न उत्तम लाग्यो,’ महासचिव खत्रीले भने।

यूनिक बाल क्लव, बैजनाथले सडक बत्ती जडानका लागि देउसी–भैलो खेलेको जनाएको छ। सडक बत्तीका लागि गत बर्षदेखि भैलो खेल्दै आएको उक्त क्लवले यस बर्ष जम्मा भएको रकम सडक बत्तीमा मात्र खर्च गरिने क्लवका सल्लाहकार कुशल दर्लामीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.