|

काठमाडाैं : उच्च अदालतमा न्यायाधीश नियुक्तिको टुंगो लगाउन न्याय परिषद्को बैठक बिहीवार पनि बस्दैछ। बिहान १० बजे बस्ने बैठकले विवाद समाधान गरी नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको परिषद्का सदस्यसमेत रहेका कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए। 

केही दिन यता न्यायपरिषद्को बैठक लगातार बसिरहे पनि नियुक्तिको टुंगो लाग्न सकेको छैन। रिक्त ८० पदमा कुन कुन सेवा समूहबाट कतिलाई नियुक्त गर्ने भन्नेमा परिषद् सदस्यबीच कुरा मिल्न सकेको छैन। जिल्ला न्यायाधीशबाट ३७, कानुन व्यवसायीबाट ३०, न्याय सेवाका उच्च अधिकृतबाट ६, सरकारी वकिलबाट ४ र कानुन समूहबाट ३ जना न्यायाधीश सिफारिस गर्ने परिषद्को तयारी छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.