|

काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको बस दुर्घटना भएको छ। को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल खोटाङ लगिँदै गरेको जनाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.