|

काठमाडौं : सधै शुक्रबारदेखि प्रर्दशनमा आउने नेपाली फिल्मको नियम पछिल्लो समय तोडिदैछ। निर्माता संघले तय गरेको उक्त नियमलाइ तोड्दै बिहीबारदेखि नै ३ फिल्म प्रर्दशनमा आएका छन्।

माघे संक्रान्तिको छेको परेर आउन लागेका फरक फरक जनराका फिल्महरु ‘किङ’, ‘लभ शाशा’ र ‘शब्द’ ले काठमाडौं तथा मोफसलमा हल बाँडेका छन्। एक्सन शैलीको "किङ", लभ स्टोरी "लभ शाशा" र गाउले जीवनमा आधारित "शब्द" मध्ये कुन फिल्मले चाहिं दर्शकको मन जित्ला त्यो भने हेर्न बाँकी नै छ। 

"किङ"लाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेका छन् भने फिल्ममा निखिल उप्रेती, बेनिशा हमाल, अनुप बिक्रम शाही, प्रज्वल सुजल गिरी, रुपा राणा लगायतका कलकारले अभिनय गरेका छन्। किङलाई जयन श्रेष्ठले निर्माण गरेका छन्। फिल्म एक्सन लभ स्टोरी भएको निर्माता श्रेष्ठ बताउँछन्।

हेर्नुहोस् किङ ट्रेलर :

कर्मा र केकीको माया देखाइएको "लभ शाशा"लाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका छन्। फिल्मलाई निर्माता माधव वाग्लेले निर्माण गरेका हुन्। फिल्मले प्रिमियरमा राम्रो प्रशंसा पाएको थियो।

लभ शाशा ट्रेलर : 

नव निर्देशक सन्तोष शिवाकोटीले निर्देशन गरेको फिल्म शब्दमा सौगात मल्ल, कमली वाईवा, बाल कलाकार अनुभव रेग्मीको मुख्य भूमिकामा रहेको छ। गाउँले जीवनमा बनेको उक्त फिल्मलाई विष्णुकुमार थेबे र छिरिङ लामाले निर्माण गरेका छन्।  

शब्द ट्रेलर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.