|
फाइल तस्विर

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना भएको छ। दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा ठूलै मानवीय क्षति भएको बताइएको छ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीय शव निकाल्न र घाइतेको उद्धारमा जुटिरहेका छन्। मोबाइल नेटवर्कमा समस्या हुँदा सम्पर्क हुन सकिरहेको छैन। क्षतिको पूर्ण विवरण प्राप्त नभए पनि मानवीय क्षति भएको बुझिएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली गएको छ। माथिल्लो घुम्तीबाट बस करिब १ सय मिटर तल खसेको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.