|

बैतडी : भारतको नयाँ नक्सामा नेपालको भूमी राखिएको भन्दै नेपाल भारत सीमानाका बैतडीको झुलाघाटमा विरोध प्रर्दशन भएको छ। नेपाल विद्यार्थी संघ बैतडी र तरुण दल बैतडीले सीमानाका झुलाघाटमा बिरोध प्रदर्शन गरेको हो।

दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटिएको भन्दै सीमाका विरोध गरिएको नेविसंघ बेतडीका अध्यक्ष कपिल केसीले जानकारी दिए। विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो जलाइएको तरुण दल बैतडीका प्रवक्ता महेश भट्टले बताए।

राष्ट्रिय स्वाधीनता माथी को हस्तक्षेप सहन सकिँदैन बरू गोली खान तयार छौ भन्दै सीमानाकामा विरोध प्रदर्शन गरिएको उनले बताए। सीमानाका झुलाघाटको बसपार्कवाट मार्चपास सुरु गरी सीमानाका पुल नजिक बिरोध सभा गरिएको थियो। बिरोध सभालाई सम्बोधन गर्दै तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले भारतले नेपालको सोझोपनको फाइदा उठाएको भन्दै तत्काल निर्णय सच्याउनपर्ने बताए।

सीमाका विरोधका क्रममा भारतीय विस्तारबाद मुर्दावाद,कालापानी लिपुलेक हाम्रै हो लगायतका नारा लगाइएका थिए । नेपाली भूमी भारतले आफ्नो नक्सामा राख्दासमेत सरकार मुकदर्शक बनेको भन्दै सरकारको पनि विरोध गरेका थिए।

यसका साथै भारतले गरेको यस निर्णयप्रति नेपाल सरकारले गम्भीर भएर कूटनीतिक रूपमा समस्या समाधान गर्नुपर्ने माग गरिएको छ। सांकेतिक रुपमा गरिएको विरोध प्रदर्शनलाई कमजोर ठानिए ठूलो मूल्य चुकाउनुपर्ने समेत चेतावनी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.