|
माइतीघरमा प्रदर्शनरत विप्लवनिकट विद्यार्थीहरु

काठमाडौं : कालापानी क्षेत्रमा भारतको अतिक्रमणविरुद्ध उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। 

आइतवार दिउँसो माइतीघर मण्डलाबाट भारतविरुद्ध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थीहरुमाथि बबरमहलस्थित सडक विभाग अगाडि पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। 

त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेर प्रदर्शनलाई तितरबितर बनाएको छ। प्रहरीले लाठीचार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन्। 

प्रदर्शनमा उत्रिएका १२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर लगेको छ। उनीहरुमाथि सार्वजनिक अपराध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.