|

काठमाडाैं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई सोमबार निर्वाचन चिह्न प्रदान गरेको छ।

आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ ( क), बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको छ। 

कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ। यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ ( क)  को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ। 

यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २(ख) का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित राजनीतिक दलको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदवारलाई कानुनअनुसार निर्धारण गरिएका निर्वाचन चिह्नमध्येबाट चुनाव चिह्न प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए।

उपनिर्वाचनमा कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.