|
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्न लागेको बैठकमा मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेताबारे छलफल हुने बताइएको छ। सुरुमा ९ बजेका लागि तय भएको बैठक ११ बजेका लागि सरेको थियो। ११ बजेबाट पनि सरेर साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदमा हेरफेर गर्न लागेका छन्। उनले केही मन्त्रीलाई जिम्मेवारी मुक्त गरेर पार्टीका नेताहरूलाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने पनि प्रधानमन्त्रीको तयारी छ।  

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएका थिए। उनले मन्त्रिपरिषदबाट हट्न लागेकाहरूलाई अन्यथा नलिन आग्रह गरेका थिए। उनले मन्त्रिपरिषद बैठकमा थिए, ‘मन्त्रिपरिषद पुनर्गठन गर्ने कुरा बाहिर धेरै चर्चा भयो। भोलि गर्छु होला मैले। कोही पर्नुहोला, कोही नपर्नुहोला। कसैको चेन्जफेन्ज होला। माइन्ड नगर्नुहोला। स्वाभाविक ढंगले लिनुहोला। नयाँ साथीहरूलाई पनि चान्स दिनुपर्छ, सिकाउनुपर्छ।’

नयाँ नियुक्त हुने मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण ४ बजे गराउने तयारी भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.