|

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता साग आउन अब ९ दिन बाँकी छ। जति सागको मिति नजिकिँदै छ उति काठमाडौं र पोखरामा भौतिक पूर्वाधारको चटारो बढ्दै गएको छ। उदघाटनस्थल नै तयार भइनरहँदा नेपालमा आयोजना हुने साग कसरी सम्पन्न होला भन्ने प्रश्न अहिले जटिल छ।

२०७२ सालको विनासकारी भूकम्पपछि पुननिर्माण भइरहेको दशरथ रंगशलाा ४ वर्षपछि पुननिर्माण सम्पन्न हुने चरणमा छ। यद्धपि पछिल्लो समय बढ्दो चापले यसको गुणस्तरियताको प्रश्न उठ्न थालेको छ। रातदिन गरेर काम भइरहँदा रंगशालाको स्थायित्वको प्रश्न उठ्नु स्वभाविक हो।

रंगशाला हेर्दै आएका इन्जिनियर सञ्जीब पाठक भने गुणस्तरियतामा कुनै प्रश्न उठाउने ठाउँ नरहेको मान्छन्। उनी भन्छन् ‘हामीले सयममानै काम सक्नका लागि रातदिन काम गरिरहेका छौं तर हतारमा हामीले गुणस्तरियतामा कुनै कम्प्रमाइज भने गरेका छैनौं।’
रंगशालाको छानो दुई महिना अघिनै चीनको सान्जेनमा निर्माण तयार भइसकेको थियो। तर सदस्यसचिव केशवकुमार विष्ट र खेलकुदमन्त्री जगत विश्वकर्माले समयमानै पहल नगर्दा छानो निर्माण सम्पन्न भएको लामो समयसम्म पनि चाइनामै रह्यो।

यद्धपि सागको मिति जकिंदै गएपछि गत १४ कातिक देखीमात्रै मन्त्रीले चासोका साथमा रंगशालाको छानोलाई लिन थाले। अझ उनी १४ कातिक यता रंगशालामा नियमित अनुगमनमा छन्।

पानीजहाजबाट १० लाखमा काठमाडौं आइपुग्ने छानो एकयरकार्गो गरेर ५० लाख भाडा तिरेर केहि दिन अघि काठमाडौंमा झारीयो यद्धपि छानोको काम सकिने या नसकिने अन्योल्ता कायम छ।  बुधबारबाट छानो हाल्न सुरु गरिए पनि प्रभावकारी काम हुन सकिरहेको छैन।

मन्त्रीको हुटहुटीले काममा तिब्रता आएको छ। तर उनको गैरजिम्मेवारीपुर्ण ब्यभारले साग आउन ९ दिन बाँकी रहँदापनि अझै उदघाटन स्थल तयार हुने हो या होइन भन्ने सकस कायम छ।

प्रतियोगिता सुरु हुन एक साता भन्दा केहि समय बाँकी रहँदा पनि भौतीक पूर्वाधार निर्माणको संसयमानै साग रहँदा नेपालको अन्य तयारी भने छाँयामा परेको छ। खेलाडीको तयारी तथा अन्य सामाग्री आयातको तयारीहरु सबै अन्योलपूर्ण अबस्थाबाट गुज्रिरेहका छन्।

सागका लागि गठन गरिएका धेरै समितीहरु अझै पनि अन्योलमानै छन्। कसरी र कहाँबाट काम सुरु गर्ने भन्ने थाहानै नभइ सागले छोपिसकेको छ। अबको केही दिनदेखि अन्तराष्ट्रिय पाहुनाको आगमन सुरु हुने छ। तर उनीहरुको बसोबास र यातायात लगाएतको सिमित प्रबन्धले दक्षिण एसियाकै ठूलो यो प्रतियोगिताले नेपालको साख जोगाउनेभन्दा पनि गिराउने सम्भावना बढ्दै गएको छ। धेरै खेलस्थलहरु तयारी अन्तीम चरणमा रहँदा मुख्य समस्या छानोकै छ।

अझै पनि समयमानै पुरा हुने आधार कमजोर बन्दा सदस्यसचिवका धेरै भाकाहरु नागिसकेका छन्। सदस्यसचिव केशव कुमार विष्टले ५ मंसिरमा पूर्वाधार सबै तयार हुने दाबि गरेपनि त्यसको संकेत सम्म मिल्न सकेको छैन्। प्रतियोगिताको लागि महत्वपुर्ण हिटीङ स्वीमीङ पुल सातदोबाटोमा निर्माणाधिन छ।

त्यसको टेम्प्रेचर म्यानटेन नहुने खतरापनि उतिकै छ। समग्रमा नजिकिंदो सागको खस्कँदो स्तर अहिले सर्वाधिक चिन्ताको विषय बन्दै गएको छ।
अबको केहि दिनमा सागले सहि ‘ट्रयाक’ समाउन नसकेमा नेपालका लागि यो प्रतियोगिता एतिहासिक रुपमा खराव  आयोजनाका रुपमा परिणत हुने संभावना छ। सागका लागिनै भनेर थमौतीमा परेका मन्त्री जगत विश्वकर्मालाई केहि समय पद जोगिएको गर्व गर्ने छुट छैन् तर उनले चाहेजसरी काम भइनरहँदा समस्या बढ्दो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.