फेरियो मन्त्री यादवको मन्त्रालय

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया पूरा गरेका छन्। नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। प्रधानमन्त्री ओलीले ९ जनालाई बिदा गरेर अन्य ९ जनालाई मन्त्री बनाएका हुन्। पुनर्गठनका क्रममा २ जना महिला मन्त्री बिदा हुँदा अब दुईजना मात्रै रहेका छन्।

ओलीले बुधबार टुंग्याएको २५ सदस्यीय मन्त्रिपरिषद्मा दुईजना महिला समावेश गरिँदा उनीहरुको उपस्थित आठ प्रतिशत मात्रै देखिएको छ। सरकारले ३३ प्रतिशत महिलाको उपस्थितिको अभ्यास गर्दै आएको छ।

खानेपानी मन्त्रालयमा बीना मगर र पद्याकुमारी अर्याललाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ। यसअघि महिला बालबालिका मन्त्रालयमा थममाया थापा थिइन्। उनको कार्यसम्पादन चित्त नबुझ्दो भएपछि ओलीले दोलखाका सांसद पार्वत गुरुङलाई ल्याएका छन्।    

यद्यपि, नेपालको संविधान २०७२ ले ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेको छ। तर, कानुन बनाउने ठाउँमा नै कानुनको ठाडो उल्लंघन भएको जानकारहरू बताउँछन्।

एक समारोहबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीलाई शपथ लिएका छन्।

पुनर्गठित मन्त्रीपरिषद्मा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र वसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रूपमा नियुक्त भएका छन्।

यस्तै, राज्यमन्त्रीमा मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नियुक्ति भएका छन्। नवनियुक्त मन्त्रीहरूले आफ्नो कार्यभार सम्हाल्दै आफ्नो पहिलो प्राथामिकताको योजनाहरू बताइसकेको छन्।

ओलीले कार्यसम्पादन प्रभावकारी नभएको भन्दै चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित, रघुवीर महासेठ, धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादवको बिदाइ गरेका हुन्।

नेकपाभित्रै असन्तुष्टि

प्रधानमन्त्री ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रिपरिषद्का विषयमा चौतर्फी आलोचना भइहरेको छ। मन्त्रिपरिषद् विस्तार गर्दा गुटगत प्रवृत्ति हावी भएको भन्दै नेकपाभित्रै आलोचना भइरहेको हो।

श्रममन्त्री विष्ट बिदाइको विषयमा लिएर सामाजिक सञ्जालमा मात्रै नभएर नेकपा नेताहरूले समेत असन्तुष्टि जनाइरहेका छन्। श्रम र वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले आशलाग्दा कदम चालेका थिए।

फेरियो यादवको मन्त्रालय

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ। उनी विदेश भ्रमणको क्रममा भारतमै रहको बेलामा उनको पद साटिएको हो। उनलाई अहिले कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ। यादवले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र यादवको सम्बन्ध चिसिएको थियो।  यादव स्वास्थ्य मन्त्रालयजस्तो संवेदशील मन्त्रालयको जिम्मेवारीमा थिए। तर, संवेदनशील मन्त्रालय सम्हालेका यादव विदेश भ्रमणमा लिप्त भएको भन्दै चौतर्फी आलोचनाको शिकार हुँदै आएका थिए।

केहीअघि उनलाई ओलीले सरकारबाट बाहिरिसमेत आग्रह गरेको उनी निकट स्रोत बताउँछ। नेपालमा मन्त्रिपरिषद् हेरफेरको वार्ता चलिरहँदा मन्त्री यादव भारतमा राजनीतिक भेटघाटमा व्यस्त थिए। उनी स्वास्थ्य मन्त्रालय अन्तर्गतको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.