|
फाइल तस्विर

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीको झुटो विवरण दिने गरेको गुनासो गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले वास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो गरेका हुन्। उनले शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा स्थानीय तहको कारण वास्तविक लाभग्राहीको पहिचान गर्न समस्या परेकाले भूकम्पले ध्वस्त बनाएका आवास पुनर्निर्माणको काममा जटिलता थपिएको पनि स्पष्ट पारे।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनप्रतिनिधिमूलक निकाय स्थानीय तहले गुनासो सुनुवाइको क्रममा लाभग्राहीको झूटो विवरण प्राधिकरणलाई सिफारिस गरेकाले निजी आवास पुनर्निर्माणको काममा ढिलाई हुन गएको पनि स्पष्टीकरण दिए। प्राधिकरणले आगामी पुस मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि भरिएका बाँकी गुनासोको सम्बोधन गर्ने कार्य योजनाका साथ काम भइरहेको पनि जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५० जना प्राविधिकलाई गुनासो सुनुवाइको काम सम्पन्न गर्न परिचालन गरिएको बताए। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ लाख ९९ जना गुनासो भरेका लाभग्राहीको गुनासो सम्बोधन भइसकेको छ। प्राधिकरणले १४ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माणको काम सुरु गर्न बाँकी रहेको जानकारी पनि समितिलाई दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.