|

संखुवासभा : चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ।

नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो। क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका थिए। 

२०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए। उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन्। उनीको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिने नगर प्रमुख खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.