|

विराटनगर : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असल नेतृत्व नपाएका कारण देशको विकासले गति लिन नसकेकोे बताएका छन्।

विराटनगर–१६ स्थित लक्ष्मीनारायण टोलमा मंगलबार आयोजित श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै गच्छदारले देशमा विकासका लागि पर्याप्त पुर्वाधार र सम्भावना भएपनि असल नेतृत्वको अभाव भएको बताए।

पूर्व उपप्रधानमन्त्री भने,‘२०४८ सालपछि देशका ११ जना प्रधानमन्त्रीसँग काम गरेँ। तर कुनै पनि प्रधानमन्त्रीको कार्यशैली विकासमुखी भएन।’ उनले ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जलश्रोत र पर्यटनको सम्भावना भएका ठाउँहरुको सदुपयोग नगरिएकै कारण देशको विकास हुन नसकेको बताए।

भागवत पुराणको आयोजनाले नागरिकलाई असल र नैतिकवान बनाउन महत्वपुर्ण भूमिका खेल्ने उनले बताए। उनले देशको विकासका लागि आ–आफ्नो स्तरबाट सबैले भुमिका निर्वाह गर्नुपर्ने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.