|

काठमाडौं : विद्युत् प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयातित १ सय २० मेगावाट बिजुलीमध्ये २० मेगावाट मंगलबार बिहानदेखि सिधै काठमाडौं ल्याउन थालेको छ।

२०५९/६० मा सुरु भएको खिम्ती-ढल्केबर २२० केभीको प्रसारण लाइनको निर्माण कार्य विभिन्न अवरोध पार गर्दै १४ वर्षपछि सम्पन्न भएकाले भारतबाट ढल्केबर ल्याइएको बिजुली मंगलबारदेखि सिधै काठमाडौं ल्याउन सम्भव भएको हो। ढल्केबर–खिम्ती हुँदै ल्याइएको बिजुली १३२ केभीको खिम्ती-लामोसाँघु-काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याइएको हो।

‘ढल्केबर–खिम्ती प्रसारण लाइनको बाँकी एउटा मात्र टावरको निर्माण कार्य हालै सम्पन्न भएर सोमबार साँझ साढे ५ बजे सफल टेस्ट (परीक्षण) गर्‍यौं। त्यही प्रसारण लाइन हुँदै भारतबाट आयातित बिजुलीमध्ये मंगलबार बिहान ६:०२ बजेदेखि २० मेगावाट राजधानीमा ल्याउन थालिएको छ,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने।

उनका अनुसार खिम्ती–ढल्केबर डबल सर्किटको प्रसारण लाइन हो । हाल उक्त प्रसारण लाइन सिंगल सर्किटमा मात्र सञ्चालन गरिएको छ। छिट्टै डबल सर्किटमा सञ्चालन गरिनेछ।

- कान्तिपुर दैनिकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.